एकै सिजनमा दुई पटक शेर्पाले गरे सगरमाथाको आरोहण

  सगरमाथा अनलाईन
147 Shares

काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथा सफल आरोहण गरेका छन् ।

खुम्बु पासाङल्हामु वडा ४ पाङबोचे सोलुखुम्बुका पासाङदावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेकन थिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् । यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामीरिताले सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल सफल रुपमा आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार