अमेरिकी राष्ट्रपतीय निर्वाचनः बाइडेनको अग्रता कायमै, बाइडेन ११८, ट्रम्प ९९

Facebook Debugger

बीबीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

बाइडेनले ५० राज्यमध्ये २५ राज्यको मतपरिणाम घोषणा हुँदा १९ मतले पछि पारेका हुन् । नेपाली समयानुसार बुधबार विहान ९ः३० बजेसम्मको २५ राज्यको मत परिणाममा बाइडेनले अग्रता लिएका हुन् ।

बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २५ राज्यको मत परिणाम घोषणा हुँदा ९९ मत मात्रै प्राप्त गरेका छन् ।

इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका थिए । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए ।

बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले ११८ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ९९ मत प्राप्त गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार