अमेरिकी राष्ट्रपतीय निर्वाचनः मतगणनामा बाइडेनको अग्रता कायमै

Facebook Debugger

बीबीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको ताजा मतगणनाको नतिजामा बाइडेनको अग्रता कायमै रहेको छ ।

मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ३१ राज्यको मतपरिणाम सार्वजनिक भएको छ ।

३१ राज्यको मतपरिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

घोषित मतपरिणाम अनुसार जितका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले १९२ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ११४ मत प्राप्त गरेका छन् ।

यी हुन् निर्णायक राज्य

यो चुनावमा सबैभन्दा धेरै ५५ इलोक्ट्रोल भोट रहेको क्यालिफोर्नियासहित फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ ।

यी राज्यहरुमा वर्चस्व कायम गर्नेले राष्ट्रपति चुनाव नै जित्ने बताइन्छ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् ।

कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन् ।

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ ।

सात वटा राज्यबाट तीनरतीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार