बाइडनले भने, ‘हामी जितको बाटोमा छौँ’

Facebook Debugger

एजेन्सी । डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा भूतपूर्व उपराष्ट्रपति जो बाइडनले डेलावेयर राज्यमा आफ्ना समर्थकहरूलाई केहीबेरअघि सम्बोधन गरेका छन् ।

बाइडनले आफू जितको बाटोमा अघि बढेको आफ्नो विश्वास रहेको बताएका छन् ।

उनले निर्वाचन मत परिणामप्रति आफू आशावादी रहेको पनि बताए ।

उनले डेलावेयरमा बोल्दै निर्वाचनमा आस्था राख्दै आफूहरूको विजय हुने दावी पनि गरे ।

उनले भने, ‘जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।’

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अमेरिकी समयानुसार मङ्गलवार राति नै सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी ह्वाइट हाउसबाट ४०० सहभागीसहित चुनावी मतगणनाको नतिजा हेरिरहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार