अमेरिकामा कुन पार्टीले जिते नेपाललाई फाइदा

Facebook Debugger

एजेन्सी । अमेरिकी राष्ट्रपतिय चुनावको परिणामले नेपालले खेपिरहेको भूराजनीतिक चुनौतीलाई एउटा दिशा दिन सक्ने बताइएको छ ।

जुनसुकै प्रशासन निर्वाचित भए पनि चीनसम्बन्धी अमेरिकी नीतिमा ठूलो फरक नआउने नेपालका केही अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका ज्ञाताहरूको विचार रहेको छ ।

कुन दलले जित्दा के होला त ?

अमेरिकी चुनावको परिणाम रिपब्लिकन वा डेमोक्रेटिक जुनसुकै पार्टीको पक्षमा गए पनि नेपालमा अमेरिकी सामरिक चासो निरन्तर कायम रहने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन् ।

चीनसँगको प्रतिस्पर्धा र तनावका माझ अहिलेको ट्रम्प प्रशासन भारतसँग बढी निकट देखिएको बताइन्छ ।

हालै दिल्ली र वाशिङ्टनले ‘टु प्लस टु’ भनिने अवधारणा अन्तर्गत दुवै देशका रक्षा र विदेशमन्त्रीको तहमा वार्ता गरी महत्त्वपूर्ण रक्षा सम्झौता गर्नुले पनि दुई मुलुकको सहकार्य प्रष्ट भएको छ ।

परराष्ट्र र सुरक्षा मामिलालाई नजिकबाट नियाल्ने नेपाली विज्ञहरूले भारत र अमेरिकाबीच बढिरहेको हिमचिमले दक्षिण एशियामा उल्लेख्य प्रभाव पर्ने बताएका छन् ।

डेमोक्र्याटिक पार्टी निर्वाचित हुँदा जलवायु परिवर्तन जस्ता कतिपय मुद्दा मूलधारमा आउन सक्ने र अहिलेको प्रशासनले कटौती गरेका कतिपय सहायता सुरु हुनसक्ने भएपनि रिपब्लिकन पार्टीले जिते त्यसमा अहिले रहेको अन्योल कायमै रहने उनीहरूको धारणा छ ।

दुई सय वर्षभन्दा अघि ब्रिटेनसँग कूटनीतिक सम्बन्ध कायम गरेको नेपालसँग परराष्ट्र सम्बन्ध कायम गर्ने दोस्रो देश अमेरिका हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार