आफ्नो ‘ठूलो जित हुने’ ट्रम्पको दाबी

Facebook Debugger

एजेन्सी । ह्वाइट हाउसको इस्ट रुमबाट बोल्दै ट्रम्पले उनको विचारमा आफूहरूको जित हुन लागेको दाबी गरेका छन् ।

उनले भनेः ‘हामी ठूलो विजयोत्सवको तयारी गर्दैछौँ। हामी सबै जित्दैछौँ ।’ ट्रम्पले फ्लोरिडाको जितलाई प्रशंसा गरेका छन् ।

‘हामीले जितेको मात्रै होइन, हामीले ठूलो जित हासिल गर्यौँ ।’ उनले पेनसिल्भेनियामा पनि अग्रतामा रहेको बताए ।

बाइडनले पनि केही समय अगाडि आफू पेनसिल्भियामा अगाडि रहेको बताएका थिए तर त्यहाँ कसले जित्छ भन्न सकिने बेला भएको छैन ।

तर ट्रम्पले निर्वाचनलाई धाँधली भन्दै त्यो ‘राष्ट्रका निम्ति ठूलो जालसाजी’ भएको टिप्पणी पनि गरेका छन् ।

उनले मतगणना तत्काल रोक्नका लागि सर्वोच्च अदालतलाई आह्वान समेत गरेका छन् ।

उनले आफ्नो सम्बोधनको सुरुआतमा ‘विशाल सहयोगका लागि’ भनेर अमेरिकी जनतालाई धन्यवाद दिएका थिए ।

यसअघि ट्रम्पले ट्वीट गर्दै यस्तो लेखेका थिएः ‘हामी ठूलो हुँदैछौँ र उनीहरू निर्वाचन चोर्न खोजिरहेका छन् ।’

उनले निर्वाचनको निष्पक्षतामाथि संशय व्यक्त गर्दै हुलाकबाट हुने मतदान प्रत्यक्ष मतदानको दाँजोमा धाँधलीयुक्त हुने पनि भनेका थए । तर आफ्नो दाबी पुष्टी हुने कुनै प्रमाण भने उनले प्रस्तुत गरेनन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार