देशभर २४ घण्टामा ३३०९ कोरोना संक्रमित थपिए

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ थियो ।

२४ घण्टामा थप ३८४४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार