एकैदिन कोरोनाले विश्वभर अहिलेसम्मकै धेरै ९ हजारको मृत्यु

Facebook Debugger

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १ सय १ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७ सय ४८ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७ सय ४८ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८ सय ६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७ सय ३१ मध्ये ८९ हजार २ सय १६ को अवस्था गम्भीर छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार