एकैदिन ३०५१ कोरोना संक्रमित थपिए

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ थियो ।

२४ घण्टामा थप ३४३० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५२ जना पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार