दुई देवरले भाउजुमाथि गरे अनैतिक काम !

Facebook Debugger

धरान । भाउजूलाई त आमा पछिको अर्को नाता पनि भनिन्छ । तर मानिसहरु भाउजू माथि नै कू दृष्टि लगाउने मात्र होइन, अनैतिक काम गर्न समेत पछि नपर्ने घटना सार्वजनिक भएको छ । यो घटना धरानको हो ।

धरानमा दुई युवाले आफ्नी भाउजूलाई २ वर्षदेखि निरन्तर यस्तो कार्य गर्दै आएका थिए । उनीहरुमध्ये एक अहिले प्रहरी खोरमा पुगेका छन् भने अर्का फरार छन् । उमेरमा ती युवा २२ र २३ वर्षका छन् । पक्राउ परेका ति युवा महिलाको काका ससुराका छोरा हुन् । फरार हुने युवा भने उनका आफ्नै देवर हुन् ।

एक छोरा र एक छोरीकी आमा २२ वर्षीया महिलालाई करिब डेढ वर्षदेखि उनीहरुले डर, धम्की देखाएर अनैतिक काम गर्दै आएको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको र अर्का व्यक्तिको खोजी भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

ती महिलाका श्रीमान् घरबाहिर भएको मौका छोपेर लामो समयदेखि उनलाई घरकै देवरले अनैतिक काम गर्दै आएको र ती देवरले भाउजूसँग यस्तो गरेको बारे काकाका छोरालाई बताएपछि उनले पनि सार्वजनिक गरिदिने भन्दै अनैतिक काम गर्ने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

उनीहरुले ती महिलालाई ज्यान लिने सम्मको धम्की दिएको प्रहरीको भनाई छ । घटना सार्वजनिक भएपछि परिवारमै मिलाउने प्रयाससमेत भएको थियो । तर माइती पक्षले उजुरी गरेको समाचार ब्लास्ट खबर दैनिकमा प्रकाशित छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार