नेकपा नेचासल्यान काठमाडौं सम्पर्क कमिटि गठनका लागि ३ सदस्यीय संयोजन कमिटि

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेचासल्यान गाउँपालिका सम्पर्क कमिटि गठन गर्नका लागि ३ सदस्यीय संयोजन कमिटि गठन गरिएको छ ।

बिहीबार काठमाडौं नेकपा पार्टी कार्यालय पेरिस डाँडामा बसेको एक भेलाले सुरेश जमरकट्टेल, नन्दु बास्तोला र शिव बस्नेतलाई आवश्यक समन्वय र तयारी गरी सम्पर्क कमिटि गठन गर्न संयोजन कमिटि गठन गरिएको नेकपा नेचासल्यान गाउँपालिका अध्यक्ष जगन्नाथ बास्तोलाले बताए । संयोजन कमिटिले चाँडै आवश्यक तयारी र व्यवस्था गरी नेकपा नेचासल्यान काठमाडौं सम्पर्क कमिटि गठनका लागि कार्यक्रमको आयोजना गर्ने अध्यक्ष बास्तोलाले बताए ।

उत्त भेलामा नेचासल्यान गाउँपालिका स्थायी घर भई काठमाडौंमा विभिन्न पेशा, व्यवसाय गरी बस्ने नेकपा समर्थित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भेलामा नेचासल्यान गाउँपालिकामा भए गरेका विकास निर्माण काम, शुसासन र दीर्घकालिन योजनाको बारेमा पनि बहस र छलफल भएको अध्यक्ष बास्तोलाले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार