बाइडन विजयी हुन अब १७ इलेक्टरल मत आवश्यक, ट्रम्पद्वारा मतगणना रोक्न माग !

Facebook Debugger

बीबीसी । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी हुन अब जम्मा १७ इलेक्टरल मत चाहिएको छ ।

जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग उनले मत अन्तर फराकिलो पार्दै लगेका छन् ।

५० वटा राज्यमध्ये ४४ राज्यको नतिजा घोषणा हुँदा बाइडनले २ सय ५३ इलेक्टरल मत पाएका छन् भने ट्रम्पले २ सय १४ इलेक्टरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले मतगणना रोक्न भन्दै ट्वीट गरेका छन् र प्रमाणविना उनले फेरि पनि चुनावमा धाँधली भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरले ट्रम्पको त्यो ट्वीटलाई “दिग्भ्रमित” बनाउने खालको भनेको छ ।

किन सञ्चारमाध्यममा फरक-फरक मत ?

यदि तपाईँले बीबीसीलगायत अन्य सञ्चारमाध्यमहरू पनि अमेरिकी निर्वाचनको लाइभ अपडेट हेरिरहनुभएको छ भने तपाईँलाई लाग्न सक्छ कि किन इलेन्टलर मतसङ्ख्या फरक छ ।

यसको कारण केही सञ्चारमाध्यमहरूले एरिजोना (थप ११ मत) र विस्कन्सिन (थप १० मत) दुई राज्यमा बाइडनले जित्ने प्रक्षेपण गरेका छन् ।

बीबीसीले भने त्यहाँ अहिले नै प्रक्षेपण गर्न सकिने अवस्था नभएको मानेको छ ।

यो वर्ष बीबीसीले रोयटर्सको माध्यमबाट एडिसन रिसर्च नामक सर्वेक्षण संस्थाको तथ्याङ्क प्रयोग गरिरहेको छ ।

विस्कन्सिनमा ९९ प्रतिशत मतगणना भइसकेको भएपनि दुई उम्मेदवारहरू बीच झीनो मतान्तर छ।

एरिजोनामा ८५ प्रतिशत मत गनिएको छ र बाइडनले ५१ प्रतिशत एवम् ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार