वैध मत मात्रै गणना गरिए सजिलै जित्छुः ट्रम्प, बाइडनद्वारा ‘संयमित’ हुन् आह्वान

Facebook Debugger

बीबीसी । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलो पटक राष्ट्रपति डोनल्ड ट्रम्पले धारणा सार्वजनिक गरेका हुन् ।

उनले भने, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु ।’

हुलाकमार्फत् गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन् ।

मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेप’को सङ्ज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए ।

बाइडनद्वारा ‘संयमित’ हुन् आह्वान

मतगणना जारी रहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडनले मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन् ।

‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,’ उनले भने, तर ‘प्रक्रियाले काम गरिरहेको छ ।’

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।’

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार