मंसिरभित्रै काँगेलडाँडा विमानस्थलमा उडान हुन्छ : मन्त्री भट्टराई

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा रहेको काँगेलडाँडा विमानस्थलमा मंसिर महिनाभित्रै हवाई जहाज सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामो समयदेखि बन्द रहेको काँगेलडाँडा विमानस्थलको आज (शुक्रबार) स्थलगत अवलोकन गर्नुहुँदै मन्त्री भट्टराईले जनताको जनमतलाई कदर गर्दै मंसिर महिनाभित्रै आवश्यकीय व्यवस्था र प्रक्रिया पूरा गरी नियमित रुपमा हवाई जहाज सञ्चालन गर्न लागि पर्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यसैगरी सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले काँगेलडाँडा विमानस्थल सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘आज मन्त्रीज्यूले पनि विमानस्थलको स्थलगत अवलोकन गर्नुभयो, हवाई जहाज सञ्चालनका लागि के कस्तो व्यवस्था गर्नुपर्ने हो ? मन्त्रीज्यूलाई काठमाडौं पुगेपछि तुरुन्तै काम गर्न अनुरोध गर्दछु,’ सांसद राईले भने ।

मन्त्री भट्टराई र सांसद राईसहित नागरिक उडययन प्राधिकरणका इञ्जिनीयरको टोली सोलुखुम्बु हुँदै ताप्लेजुङसम्मको स्थलगत अवलोकनमा निस्किएको सांसद राईले बताए । काँगेलडाँडा विमानस्थलपछि निर्माणको क्रममा रहेको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा रहेको महाकुलुङ विमानस्थलको पनि स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको राईले बताए ।

नेपालमा सबैभन्दा बढि विमानस्थल भएको जिल्लाको नामले समेत सोलुखुम्बु परिचित छ । नेपाल नागरिक उडययन प्राधिकरणका अनुसार सोलुखुम्बु जिल्लामा ६ वटा विमानस्थल रहेको छ । जसमध्ये मिङ्मो विमानस्थल खुम्जुङ, स्याङबोचे विमानस्थल नाम्चे र काँगेलडाँडा विमानस्थल काँगेल अहिले बन्द छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल फाप्लु भने हाल सञ्चालनमा छ । महाकुलुङ विमानस्थल गुदेल भने निर्माणको क्रममा रहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार