‘सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहनुस : पर्यटन मन्त्री भट्टराई

Facebook Debugger

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन् ।

शुक्रबार बिहान गृह जिल्ला ताप्लेजुङ आइपुगेका मन्त्री भट्टराइले सुकेटारस्थित नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई त्यो अवस्थाको तयारीका लागि भनेका हुन् । ‘कमसेकम पनि दैनिक ४-५ फ्लाइट हुने गरी तयारी हालतमा बस्नु प¥यो’ मन्त्री भट्टराईले नागरिक उड्डयन कार्यालय सुकेटारका प्रवन्धक सूर्यबहादुर खत्रीमार्फत सुकेटार विमानस्थलमा खटिएका कर्मचारीलाई भने ।

हेलिकोप्टर उडान र अवतरण बाहेक जहाजको मात्र दैनिक ४-५ उडान हुने अवस्थामा पनि तयार रहन मन्त्री भट्टराइको निर्देशन थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनकुमार पोखरेलका साथ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थल अब व्यस्त विमानस्थलको रुपमा रहने संकेत गरे । अहिले भने नेपाल वायु सेवा निगमले प्रत्येक साताको बुधबार र शनिबार काठमाडौ-ताप्लेजुङ-काठमाडौं तथा सीता एयरले प्रत्येक सोमबार र शुक्रबार काठमाडौ-ताप्लेजुङ-काठमाडौ गरी सातामा ४ उडान मात्र हुँदै आएको छ । मन्त्री भट्टराइले केहि समयपछि नै नेपाल वायु सेवा निगमले दैनिक काठमाडौ-ताप्लेजुङ-काठमाडौ र बिराटनगर-ताप्लजुङ-बिराटनगरको हवाइ उडानको तयारी भइरहेको जानकारी दिए ।

सीता एयरले पनि भद्रपुर-ताप्लेजुङ-भद्रपुरको उडान तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उसले काठमाडौ-ताप्लेजुङ-काठमाडौको उडान संख्या पनि थप गर्ने तयारी गरिरहेका बेला मन्त्री भट्टराइले दैनिक ५ वटासम्म उडान हुने देखेका छन् । ‘अब त्यो दिशामा विमानस्थल टीमले तयारी गर्नुप¥यो’ मन्त्री भट्टराईले भने ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार