सुशील श्रेष्ठको ‘सुनन’ गीतमा आकाश र उषाको प्रेम [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । तिहारको कोशेली स्वरूप गायक सुशील श्रेष्ठ ‘जुजु’ले नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक गरेका छन् ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’को रहेको छ, भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ । यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका थिए ।

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ । टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन् । काजीबहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो । गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

कोरना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार