प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

Facebook Debugger

विराटनगर । प्रदेश १ मा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३-३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३-३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २-२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३-३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २-२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १-१, ते¥हथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १-१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १-१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ ह्जार ११७ पुगेको छ ।

यसैबीच प्रदेश १ मा आज ३ सय ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार