नेपालमा एकैदिन २९०९ जनामा कोरोना संक्रमण, उपत्यकामा १३३८ जना !

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ७ सय ७६ पुरुष र १ हजार १ सय ३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ३०, भक्तपुरमा १ सय २१ र ललितपुरमा १ सय ८७ जना रहेका छन् ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा कास्कीमा १ सय २९, मोरङमा १ सय २७ जना, चितवनमा १ सय २६, दाङमा १ सय १४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२०, धादिङ र सिन्धुपाल्चोकमा १९÷१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३/१३, दोलखा र नवलपरासीमा १२/१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०/१० जना संक्रमित भेटिएका छन् ।

दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७/७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५/५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २÷२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १/१ जना संक्रमण देखिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार