८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

सीता दाहालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।

सीताको बुधबार बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखने छ ।

श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ३४ बजे