‘क्रु*द्ध’ ट्रम्प टेलिभिजन हेर्दै

Facebook Debugger

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पक्षमा थोरै मात्र सहयोगीहरू टेलिभिजनमा वा सडकमा सामुन्ने आएकोप्रति क्रु*द्ध र निराश बनेको उनी निकटका सूत्रहरूले सीबीएस न्यूजलाई बताएका छन् ।

उनीहरूका अनुसार ट्रम्प निकै धेरै समय टेलिभिजन हेरिरहेका छन् र फोन गरिरहेका छन् । शुक्रवार उनको समय ओभल अफिस तथा निवासमा नै वित्यो ।

ट्रम्पको निर्वाचन अभियानले कानुनी ल*डाइँबारे कुरा गरिरहेको छ तर त्यसको प्रस्ट रणनीति देखापरेको छैन ।

केही सहयोगीहरूले यस्तो विषय महिनौँ अगाडि नै सोचिनुपर्थ्यो भनेका छन् । तर यसबारे कसैले राष्ट्रपतिसँग कुराकानी गर्न चाहेका थिएनन् ।

मु*द्दाको सन्दर्भमा यदि पेन्सिल्भेनियामा मतान्तर थोरै हुन्छ भने सर्वोच्च अदालतमा हुने सफल चु*नौतीले ट्रम्पलाई सघाउ पुग्न सक्छ ।

तर बाइडनको पक्षमा मतान्तर धेरै छ भने यसको धेरै माने हुने छैन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार