विश्वभर ३ करोड ५२ लाखभन्दा बढी मानिस संक्रमणमुक्त, नेपालमा निको हुने दर ८१ प्रतिशत

Facebook Debugger

काठमाडौँ । विश्वभर ३ करोड ५२ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५ सय ७४ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ७ सय २७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २३ हजार २ सय ६६ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १७ हजार ३ सय ९२ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार नाघेको छ । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ४८ हजार ५ सय ६६ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३१ लाख ५५ हजार १ सय ६१ मध्ये ९० हजार ८ सय ८ जनाको अवस्था गम्भीर छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २ सय ९८ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्ला केही दिनयता संक्रमणमा भइरहेको बृद्धिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका भन्दा १ हजार ५ सय ८९ बढी अर्थात ४ हजार ५ सय जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८८ हजार ८ सय ८३ छ भने मृतक संख्या १ हजार ७० पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार