२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो चलचित्र ‘ए मेरो हजुर ३’ [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ २४ घण्टा नपुग्दै युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लेको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ६० हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।

‘आजसम्म यति राम्रो फिल्म मैले हेरेको नै थिएन, मन सम्हाल्नै सकिन र धेरै बेर रोएँ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया छाडेका छन् ।

फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।

युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

यो समाचार तयार पार्दासम्म युट्युबमा ११ हजार ६० जानले कमेन्ट गरेका छन् भने १ लाख ५० हजारले लाइक गरेका छन् । त्यस्तै ८ हजार बढीले डिसलाइक गरेका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार