अमेरिकी निर्वाचनको मतगणनाको पछिल्लो अवस्थाले के भन्छ ?

Facebook Debugger

बीबीसी । अमेरिकी चुनावको परिणामको व्यग्र प्रतीक्षा भइरहेको छ । ६ वटा राज्यमा मतगणना भइरहेकाले अहिले नै ह्वाइट हाउसको दौड कसले जित्यो भन्ने स्थिति आइसकेको छैन ।

जो बाइडनलाई राष्ट्रपति बन्न १७ इलेक्टरल कलेज मतको आवश्यकता छ । उनी डोनल्ड ट्रम्पभन्दा अगाडि छन् ।

कुल २७० इलेक्टरल कलेज मत आवश्यक पर्छ । शुक्रवार राति सम्बोधन गर्दै जो बाइडनले विजय घोषणा त गरेनन् तर आफूले ‘स्पष्ट बहुमतले’ जित्ने बताए ।

उनले विभाजित अमेरिकीलाई एकबद्ध रहन र धैर्य गर्न आग्रह गरे, “हामी एक अर्काका विपक्षी हौँ तर शत्रु होइनौँ ।” बाइडन विभिन्न राज्यको मतगणनामा ट्रम्पभन्दा अगाडि छन् ।

पेन्सिलभेनियामा अहिले बाइडन २८ हजार ८ सय ८३ मत सङ्ख्याले अगाडि छन् । यहाँ अरू राज्यको तुलनामा धेरै मत गणना हुन बाँकी छ । पेन्सिलभेनिया मात्रै जिते पनि बाइडन राष्ट्रपति बन्नेछन् ।

एरिजोनामा पनि उस्तै मतको अन्तर छ । बाइडनले ट्रम्पभन्दा २९ हजार ८ सय ६१ मतले अग्रता लिइरहेका छन् ।

नेभाडामा बाइडन २२ हजार ६ सय ५७ मतले अगाडि छन् ।

जोर्जियामा पनि बाइडन अगाडि छन् तर जम्मा ७ हजार २ सय ४८ मतले मात्रै । असाध्यै कम मतान्तर भएकाले त्यहाँ पुनः मतगणना गरिने अधिकारीहरूले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार