भारतमा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण

Facebook Debugger

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३ सय १८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २ सय ३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ६७ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १ सय ६२ पुगेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार