अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन को हुन् ?

Facebook Debugger

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि जो बाइडेन विजयी भएका छन् । जो बाइडेनलाई ह्वाइट हाउसमा पुग्नका लागि आश्यक २७० इलेक्टोरल भोट आवश्यक रहेकोमा उक्त लक्ष्य हासिल गर्दै उनी राष्ट्रपति पदका लागि चुनिएका हुन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

उनले आफ्ना विपक्षी उम्मेद्वार डोनाल्ड ट्रम्पलाई हराउँदै राष्ट्रपति पदका लागि विजयी भएका हुन् ।

निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।

डेमोक्रेटिक पार्टीका जो बाइडेनको राजनीतिक करियर अधिक लामो रह्यो । राष्ट्रपति पदमा चुनिएर सपथ लिएसँगै उनी ७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा पाको राष्ट्रपति हुनेछन् ।

पूर्व डेलावेयर सीनेटर जो बाइडनलाई सन् २००८ मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ४७ औँ अमेरिकी उपराष्ट्रपति पदका लागि चुनिएको थियो र २०१२ पनि फेरि उनलाई निर्वाचित गरियो । त्यसपछि उनी २०२० को राष्ट्रपति पदका लागि उम्मेद्वार बनेर विजय हासिल गरेका हुन् ।

को हुन् जो बाइडेन ?

जो बाइडेन अर्थात् जोसेफ रोबिनेट बाइडेन जुनियरको जन्म सन् १९४२ मा पेन्सिल्भेनिया राज्यको स्क्रेटनमा भएको हो । उनी आफ्नो बालापनमा नै डेलावेयर गएका थिए । उनले राजनीतिमा आउनुभन्दा पहिले केही समय वकिलका रुपमा काम गरे । उनी इतिहासमा पाचौँ सबैभन्दा कम उमेरका अमेरिकी सीनेटर र डेलावेयरका सीनेटरका रुपमा सबैभन्दा लामो समयसम्म कार्यरत रहे ।

राष्ट्रपति चुनावको मैदानमा पहिले पनि उत्रिसके थिए बाइडेन

डेलावेयरबाट ६ पटकसम्म सीनेटर भइसकेका बाइडेन राष्ट्रपति चुनावको रेसमा तेस्रो पटक मैदानमा आएका हुन् । उनले पहिलो पटक १९८८ को चुनावमा प्रयास गरेका थिए । तब उनी साहित्यिक चोरीको आरोपमा पछि हट्नु परेको थियो । फेरि उनले आफ्नो दोस्रो प्रयास २००८ को चुनावका लागि गरेका थिए ।

बाइडेनलाई अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नजिकी मानिन्छ । उनी ओबामाको कार्यकालमा २००८ देखि २०१६ सम्म दुईपटक उपराष्ट्रपति भइसकेका छन् । २०२० को राष्ट्रपति चुनावमा बाइडेनको जीतका लागि ओबामा पनि अधिक प्रयासरत देखिएका थिए ।

पारिवारिक मुस्किलका साथ लडेर यस स्थानमा पुगे बाइडेन

१९७२ मा बाइडेन सीनेटका लागि चुनिएका सबैभन्दा कम उमेरका मानिसमध्ये एक थिए । त्यसको केही हप्तापछि बाइडेनको परिवारमा एउटा ठूलो आपत्ति आइपर्याे, जब कार दुर्घटनामा उनकी पत्नी नीलिया र छोरी नाओमीको मृत्यु भयो, जबकि उनका छोरा हन्टर र ब्यू गम्भीर रुपमा घाइते हुन पुगे ।

सन् २०१५ मा बाइडेनका जेठा छोरा ब्यूको ब्रेन क्यान्सरका कारण मृत्यु भयो । उनका साना छोरा हन्टर एक वकिल र लबिस्टका रुपमा उनको करियर भ्रष्टाचारको आरोपको निशाना बनिरहेको छ ।

बाइडेनको प्राथमिकता के हो ?

बाइडेनका तीनवटा मुख्य प्राथमिकता रहेका छन्, जसमा स्वास्थ्य सुरक्षासँग सम्बन्धित ढाँचाको विस्तार गर्नु, शिक्षामा अधिक लगानी गर्नु र सहयोगी देशका साथको सम्बन्धलाई नयाँ दिशा दिनु शामिल रहेका छन् ।

विवादसँग जोडिएको सम्बन्ध

बाइडेनमाथि ब्रिटिश लेशर पार्टीका नील किन्नकको भाषणको साहित्यिक चोरीको आरोप लागेको थियो । यसका अलावा बाइडेनले स्वीकार गरेका थिए कि, उनले ल अफ स्कुलमा आफ्नो पहिलो वर्षका क्रममा कानुनी समीक्षाको लेख चोरी गरेका थिए ।

यौन उत्पीडनको आरोप पनि लागेको थियो

बाइडेनको सीनेट अफिसमा काम गर्ने एक महिलाले वाशिंगटन डीसीको प्रहरी समक्ष एक अपराधिक उजुरी दर्ता गराएकी थिईन् । ती महिलाले सन् १९९३ मा बाइडेनले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिईन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार