अञ्जु र निशानको ‘ढाका टोपी’ गीतको भिडियोमा केइशा [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । गीतकार रघु परियारको शब्दमा नयाँ गीत ‘ढाका टोपी’ सार्वजनिक भएको छ ।

‘ढाका टोपी’ गीतमा स्वर अञ्जु पन्त र निशान भट्टराईको सुन्न सकिन्छ भने संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीत लोकलयमा आधारित छ ।

भिडियोमा केइशा रावत, जय रसाइली र दिपरत्न श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ । मोडल केइशा रावतले अभिनय गरेको यो नै पहिलो नेपाली म्युजिक भिडियो हो । उनी मुम्वईमा बसेर बलिउडमा संघर्ष गरिरहेकी मोडल हुन् ।

सुवास थापाले बजारमा ल्याएको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । सुभास लामाले छायांकन गरेको भिडीयोमा पुजा शाही र मदन न्यौपानेको मेकअप रहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार