वरिष्ठ नेता माधव कुमार बालुवाटारमा

Facebook Debugger

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ट नेता माधव कुमार नेपाल आफ्ना विश्वासपात्रसहित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

ओलीलाई भेट्न स्थायी समिति सदस्यहरु भीम रावल र सुरेन्द्रप्रसाद पाण्डेसहित नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

पछिल्लो समय आन्तरिक विवादको चपेटामा रहेको सत्तारुढ दल नेकपामा अध्यक्षद्वय ओली र पुष्प कमल दाहाल प्रचण्डबीच दूरी बढ्दै गएको अवस्थामा नेपाल बालुवाटार प्रवेश गरेका हुन् ।

यसअघि प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकमा ओली पक्षका नेताहरु उपस्थित नभएपछि नेकपाको आन्तरिक विवाद चरम अवस्थामा रहेको थप पुष्टि भएको थियो ।

अनौपचारिक बैठक र त्यसपछि प्रधानमन्त्रीसँग प्रचण्डसहितका नेताहरुले बैठक बोलाउन आग्रह गरेको पृष्ठभूमिमा ओलीले एक टेलिभिजन कार्यक्रममार्फत आफ्ना धारणाहरु सार्वजनिक गरेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार