२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

पहिरो खस्दा अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन


१३ श्रावण २०८०, शनिबार  

0
Shares

चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनस् सञ्चालनमा आएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका(७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाएर बिहान ९स्५५ बजेदेखि सडक पुनस् दुईतर्फी नै सञ्चालन गरिएको छ ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनस् अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ४६ बजे