विश्वभर १ करोड ३६ लाख बढी सक्रिय संक्रमित, ९२ हजार सिकिस्त !

Facebook Debugger

एजेन्सी । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७२ हजार ४ सय ६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९ सय ९४ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९२ हजार ६ सय २४ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या भने ५ करोड ७ लाख ३१ हजार १ सय ५१ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २१ लाख ४७ हजार ५ सय ८३ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६१ हजार ७ सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ९ सय ३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५७ लाख ९३ हजार २ सय २७ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार