देशभर २४ घण्टामा २७३६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

हेर्नुहोस कुन जिल्लामा कति स्वास्थ्य मन्त्रालयको तथ्यांकः

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार