ओलीलाई प्रचण्डको प्रस्ताव बिहीवार सचिवालय बैठक बोलाउ

Facebook Debugger

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष प्रचण्डले आउँदो बिहीवार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

प्रचण्डले २७ कात्तिकमा सचिवालय बैठक बोलाउन प्रस्ताव गरेको स्रोतले बतायो । तर, ओलीले भने यसमा कुनै सहमति जनाएका छैनन् ।

गत शनिवार सचिवालयका बहुमत सदस्यले ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । तर, ओलीले भने बैठक बोलाउने माग टार्दै आएका छन् ।

प्रचण्ड र ओलीले पार्टीमा देखिएको विवाद अन्त्यका लागि पटकपटक प्रयास गरे पनि आन्तरिक विवाद साम्य बनेको छैन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार