एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक भिडियोसहित

Facebook Debugger

काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । पछिल्लो समय एलिजा म्युजिक भिडियोमा चर्चामा रहेकी छिन् ।

यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायाङ्कन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार