‘हनिमुन’ मा काजलका ‘हट तस्वीर’ समाजिक सञ्जालमा भाईरल

Facebook Debugger

मुम्बई । अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिप्स् पुगेकी छन् । हालै गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् ।

काजलले माल्दिभ्सको केही तस्वीर समेत सार्वजनिक गरेकी छन् । तस्वीरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।

काजलले सामुन्द्री किनारमा हट अन्दाज सहित तस्वीरका लागि पोज समेत दिएकी छन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।

एक तस्वीरमा काजलले पतिसँग रोमान्टिक अन्दाजमा पनि खिचाएकी छन् । काजलका तस्वीर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।

काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।

सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।

काजल हिन्दी फिल्मको अलवा साउथ फिल्ममा पनि आफ्नो पहिचना बनाउन सफल छिन् । साउथ फिल्म उद्योगमा उनले २००७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनी तमिल, तेलूगूमा बनेको फिल्म ‘मगाधीर’, ‘आर्या २’, ‘डार्लिङ’,‘ मिस्टर परफेट’, ‘विवेगम’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार