‘जडिबुटी सम्बृद्धिको आधार’ : मन्त्री घिमिरे

Facebook Debugger

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताउनुभएको छ ।

तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उहाँले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा आज सम्पन्न प्रदेश स्तरिय बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा उहाँले सो कुरा बताउनु भएको हो ।

आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरु रहेको उहाँले बताउनुभयो । आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेले बताउनुभयो । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको उहाँले बताउनुभयो । उहाँले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको बताउनुभयो ।

आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवस्यक रहेकोमा उहाँको जोड छ । आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवस्यक रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा १÷१ वटा वैद्य खाना आवस्यक रहेको बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ निजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवस्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाई छ । जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धी कायम गर्नु पर्नेमा उहाँको जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गर्नु भयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार