तिलक भोजपुरेको कविता तिहार

Facebook Debugger

काठमाडौं । हाम्रा चाडपर्वमध्ये एक ठूलो तिहार पनि
आउँछ वर्षमा एकपटक रङ्गीन उमङ्ग बनी
पहिलो दिन यमपञ्चकमा काग पुजा गर्छन्
दोस्रो दिन पूजा गर्दा कुकुरहरू मख्ख पर्छन् ।

तेस्रो दिन तिहारको लक्ष्मीपूजा गर्छन्
दीपमालिका पूजा हुँदा बत्ती पङ्क्ति पर्छन्
रङ्गीन बत्तीले रातमा मिठास भैलीको गीत
सुसम्बन्ध मानिसको तिहार पर्वसित ।

चौथो दिन गोरुगाई पूजा, धुमधामसँग गर्छन्
देउसी खेल्दा रमाइलो धेरै मख्ख सबै पर्छन्
तिहार हुन्छ रमाइलो मारुनी नाचका साथमा
खेल्छन् ठ्याकठुके खेल लठ्ठी बोकी हात हातमा ।

तिहारको पाँचौँ दिन भाइटीका पर्छ
चेली माइतीबीच पूजाआजा चल्छ
सप्तरङ्गी टीका निधारमा र माला गलामा धरी
हर्षका साथ मनाउँछौँ तिहार यस्तै गरी ।

लिङ्गे अनि रोटे पिङ जाँते पिङखेल्छन्
जुवाजस्ता कपटी खेलमा दुःख कतिले झेल्छन्
हानी हुने खेल नखेलौँ कहिले, राम्रोतिर मन गरौँ
हाम्रा यी चाडपर्वलाई राम्रो मनाउने गरौँ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार