काठमाडौं उपत्यकामा थपिए ९७३ जना कोरोना संक्रमित

Facebook Debugger

काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ४५ पुरुष र ४ सय २८ जना महिला संक्रमित थपिएका हुन ।

यो अवधिमा काठमाडौंमा ७ सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर भने बिहीबार १ हजार ९ सय १३ जना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । यस्तै देशभर हालसम्म ३८ हजार ४ सय ६१ जना सक्रिया संक्रमित रहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार