एकैदिन १९१३ जनामा कोरोना संक्रमण, सोलुखुम्बुमा पनि १ जना

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७ सय ५९ महिला र १ हजार १ सय ५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सोलुखुम्बु जिल्लामा पनि थप १ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ४ सय ६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३ सय ८४ होम आइसोलेसनमा छन् भने ३ सय ७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९ सय ७३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७ सय ६४ जना, ललितपुरका १ सय २६ र भक्तपुरका ८३ जना छन् ।

कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०/५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९/३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४/१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२/१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र बझाङका ९/९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८/८ जना, सप्तरी र प्युठानका ६/६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५/५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४/४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३/३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २/२ जना र तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार