हनिमुनमा रहेकी काजलले सेयर गरिन् नयाँ तस्वीर

Facebook Debugger

एजेन्सी । अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् ।

काजलले व्यापारी श्रीमान् गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् । उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग विभिन्न माध्यमबाट सम्पर्कमा छिन् ।

काजल अग्रवालले जुन फोटो सेयर गरेकी छिन् त्यसको थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् ।

दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार