काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उपत्यकाका ३ जिल्लामा थप १ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० गरी १ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको मनत्रालयले जनाएको छ ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा ७ सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ गरी जम्मा ९ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार