लुक्लाको पर्यटन सूचना केन्द्र भवन उद्घाटन गर्न मन्त्री भट्टराई सोलुखुम्बु जाँदै

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित लुक्लामा निर्माण सम्पन्न भएको पर्यटन सूचना केन्द्र भवनको उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई सोलुखुम्बु जाने भएका छन् ।

पर्यटन विभागको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र भवनको उद्घाटन गर्न मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको लुक्ला जाने भएका हुन् । मन्त्री भट्टराईसहित पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि भवन उद्घाटनमा सहभागी हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा समेत यसै गाउँपालिकामा रहेकाले वर्षमा हजारौं विभिन्न देशका पर्यटकहरु सगरमाथा क्षेत्र भ्रमणमा जाने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, गोक्यो हिमताल लगायत दर्जनौं सुन्दर हिमश्रृंखलाहरु रहेकाले पनि विदेशी पर्यटकहरुको पहिलो रोजाईमा खुम्बु क्षेत्र पर्ने गरेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

अहिलेसम्म सगरमाथा क्षेत्र जान एक मात्र विकल्प हवाई यात्रा हो । पछिल्लो समय स्थानीय तहको निर्वाचनपछि सगरमाथा क्षेत्रलाई सडक यातायातसँग जोड्नको लागि स्थानीय जनप्रतिनिधी लागि परेका छन् । अहिले खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. १ स्थित बुक्सासम्म सडकको ट्रयाक ओपन गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार