क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

  सगरमाथा अनलाईन
189 Shares

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार