२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित



काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ३० बजे