नायिका श्वेताले यसरी लगाईदिए भाईटिका [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । नायिका श्वेता खड्काले भाईटिका लगाईदिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

नायिका खड्काले आफ्ना दाजुभाईहरुलाई भाईटिका लगाउँदै गरेका विभिन्न पोजका तस्वीरहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी हुन् । उनले लक्ष्मीपूजा गरेका विभिन्न तस्वीरहरु पनि सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

भाईटिकाको तस्वीर सार्वजनिक गर्दै नायिका खड्काले ‘मेरा दाजुभाईले चालेका हरेक पाईला शुभ हुन्, काँडाले पनि नरोकुन, जहाँ पुगे पनि प्रतिष्ठा बढिरहोस’ भनेर लेखेकी छिन् ।

नायिका खड्का पछिल्लो समय चलचित्रमा अभिनयका साथै सामाजिक सेवामा पनि व्यस्त रहेकी छिन् । केहि समय अघिमात्रै उनले विवाह गर्न तयार रहेको भनि सामाजिक सञ्जाल र विभिन्न अनलाईनहरुमा समाचार प्रकाशित भएको थियो । तर उनले सो समाचारको कुनै आधार नरहेको बताएकी थिईन् ।

हेरौं उनले सामाजिक सञ्जालमा पोष्ट गरेका भाईटिकाको तस्वीरहरुः

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार