कोरोनाबाट सोलुखुम्बु झाप्रे गुम्बाको प्रमुख लामाको मृत्यु

Facebook Debugger

काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सोलुखुम्बु झाप्रे गुम्बाको प्रमुख लामा दावा शेर्पा (ङावाङ्ग ल्होजङ)को मृत्यु भएको छ ।

लामालाई कोरोना संक्रमण भएपछि काठमाडौंको जोरपाटीस्थित खाङ्गरि अस्पतालमा उपचार गराईरहेका थिए । लामाको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोलुदुधकुण्ड नगरपालिस्थित वडा नं. १० झाप्रे गुम्बाको प्रमुख लामा कार्तिक ३० गते आइतबार राती ९ः४५ बजे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारका एक सदस्यले बताए । लामाको पार्थिव शरीर नेपाली सेनाले व्यवस्थापन गरेको पनि परिवारका सदस्यले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार