शेर्पा संघ बेलायतको अध्यक्षमा आङदावा

Facebook Debugger

काठमाडौं । शेर्पा संघ बेलायतको अध्यक्षमा आङदावा शेर्पा निर्वाचित भएका छन् । शेर्पा संघ बेलायतको ८ औं अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नोभेम्बर १५ तारिखमा सम्पन्न भएको अधिवेशनले शेर्पाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशन पहिलो पटक शेर्पा भाषाबाटै सम्पन्न गरिएको थियो ।

अधिवेशन विश्वभरिको शेर्पा संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा विश्व शेर्पा संघको अध्यक्ष आङदोर्जि लामाशेर्पाको प्रमुख आतित्थ्यतामा भर्चुल जुम अनलाइन मार्फत भएको सम्पन्न भएको थियो । विदेशी भूमीमा शेर्पा भाषामा कार्यक्रम भएको यो पहिलो हो । ‘विश्वको शेर्पाहरु एक हौ भाषा, कला र संस्कृतिको संरक्षण गरौ’ भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनमा शेर्पा समुदायका विभिन्न क्षेत्रका व्यत्तित्व तथा विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा संघ र किदुगका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनमा अमेरिकामा बसोबास गर्दै आइरहेका कलाकारहरु देण्डी शेर्पा, एपि शेर्पा लामा, पासाङ शेर्पा र शेर्पा संघ बेलायतका कलाकारहरुले शेर्पा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

‘शेर्पा भाषामा कार्यक्रम आयोजना गरि शेर्पा संघ बेलायतले उदाहरणीय काम गरेर हामी सवैलाई उत्साहीत र खुसी तुल्यायो’ विश्व शेर्पा संघका अध्यक्ष आङदोर्जि लामाशेर्पाले भने, ‘आफ्नै भाषाको संरक्षणको लागी सवैले यस्तो कोशिस गरेमा जान्नेले बोल्ने र नजान्नेले पनि सिक्ने मौका मिल्नेछ ।’ अध्यक्ष शेर्पाले जनगणनाको लागि विश्वभरि जहाँ रहेपनि सबै शेर्पाहरुले नामको पछाडी शेर्पा लेख्न आग्रह गरेका छन् ।

नर्या कार्यसमितिको उपाध्याक्षमा योन्तेनग्याचो शेर्पा, उपाध्याक्षमा आङल्हाक्पा शेर्पा, महासचिवमा रिञ्जि लामाशेर्पा, सचिवमा डोल्मा शेर्पा, कोषाध्याक्षमा नुरी शेर्पा, सहकोषाध्यक्षमा काजी शेर्पा, कल्चर सेक्रेटरिमा याङजी शेर्पा, सहकल्चर सेक्रटरिमा आङदालि शेर्पा, सदस्यहरुमा सोनाम शेर्पा, दावा छिरिङ शेर्पा, छोङ शेर्पा, ल्हाक्पा शेर्पा, छिरिङ शेर्पा, नुर्बु शेर्पा, वेवसाइड डिजाइनर इगेन शेर्पा र मिडियामा मिङमानुरु शेर्पा निर्वाचित भएका छन् ।

कार्यक्रम पासाङ शेर्पा र रिन्जी शेर्पाले सञ्चालन गरेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार