इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री पठाउने सरकारको निर्णय

  सगरमाथा अनलाईन
91 Shares

काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरूङले जानकारी दिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार