प्रदेश १ मा आज ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

Facebook Debugger

विराटनगर । प्रदेश १ मा आज ७ सय ४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

यसैबीच प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १-१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १-१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार