थापातलीमा खुलामञ्चको विकल्प निःशुल्क भोजनको व्यवस्था

Facebook Debugger

काठमाडौं । खुलामञ्चको सट्टा आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताए ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए । खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो । तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो । सोही अनुरुप खाना खुवाउने प्रबन्ध एता मिलाइएको हामो्र टिमका सदस्यले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार