तिलक भोजपुरेको कविताहरु

Facebook Debugger

काठमाडौ । हरेक तह(तप्कामा
लाग्न थाल्यो आफन्तै(आफन्तको बजार

उहिले(उहिले
समय सूचक घडीको काम गर्थ्यो अरे

लोकल कुखुराको रातो भाले
बाटुला आँखा, सुन्दर रातो सिउर
टलटल टल्किने चम्किलो रङ्ग
आहा १ कति आकर्षक र सुन्दर रातो भाले।

खै कस्ले सुरुवात गर्यो त्यति सुन्दर पन्छिको घाँटी निमोठेर, परिकार बनाएर
मुस्कुराउँदै रमाउन १
अनि बन्न पुगे थरी(थरीका परिकार
हुन थाल्यो जताततै चर्चा
उही कुखुराको रातो भालेको

भयो कतै शुभ कार्य भेला मेला
भोज भतेर अथवा सानाठूला कार्यक्रमहरु
सुरुमै खोजी हुन्छ रातो भालेको
सबैलाई चाहिने मिठो भोजन
त्यसैको लागि महत्त्वपूर्ण बन्दै गयो रातो भाले ।

हुँदाहुँदै चर्चित बन्यो रातो भाले
चाडपर्व आयो रातो भाले
समस्या समाधान रातो भाले
कार्यक्रमहरुमा भोज भतेर रातो भाले
मेलमिलापमा रातो भाले
पूजा गर्दा बलि दिन्छन् रातो भाले

खै कस्तो बन्न पुग्यो रातो भाले
देश बदल्ने र सुन्दर राष्ट्र निर्माण गर्ने
महत्त्वपूर्ण निर्णायक मतदानमा समेत
मत बटुल्ने रातो भाले
हौ के हुने हो इतिहासमा
समय सूचक मानिने रातो भाले
अब यस्तै हो भने
निर्णायक ठाउँमा कस्तो बन्ला रु
रातो भाले ।

आफन्तै(आफन्तको बजार

हरायो स्वच्छता पुगिसक्यो शुन्यमा
कार्यालय र हरेक तह(तप्कामा
लाग्न थाल्यो आफन्तै(आफन्तको बजार

हरायो स्वच्छ प्रतिस्पर्धा
अपमानित हुँदै छन् प्रमाण पत्र
लोप भयो निस्पक्षता
बढ्दै गयो अनियमितता
जता पनि लाग्न थाल्यो
आफन्तै(आफन्तको बजार

रिक्त भयो दरबन्दी
निकालियो सूचना पाटीमा सूचना म्याद
मिति टाँसियो पन्ध्र दिन
अन्तिम मितिको अघिल्लो बेलुकी
सुरु भयो भोलि पल्ट आफन्तको नियुक्ति
जता पनि लाग्न थाल्यो
आफन्तै(आफन्तको बजार

हरायो नीति भुल्न थाल्यो विधान
योग्यताको कदर हरायो, सकियो
बढ्दै गयो निरङ्कुशताको आँकुरा
हराउँदै गयो नियम नीतिक‍ो पालना
त्यसैले,
जता पनि लाग्न थाल्यो
अफन्तै(आफन्तको बजार

चाहिन्छ जतिसुकै हुन्छ सिट खाली
टिपेर टप्प राख्यो आफन्त
अनि बजायो झूटो ताली
हरायो इमानदारीता, लूटियो नैतिकता
अस्वस्थ भयो निस्पक्षता, हुन थाल्यो अनियमितता
जताततै लाग्न थाल्यो आफन्तै(आफन्तको बजार

खै के हुन थाल्यो हाम्रो देशमा
राजनीतिदेखि अफिससम्म
सहयोगी कर्मचारीदेखि हाकिमसम्म
नियुक्ति नै कस्तो रु

भाइ बन्धु, मामा, काका, दिदी, दाजु
जेठु, सालो, साली, फुपू(फुपाजु
नाति(नातिनी, मीत(मीतिनी
नजिकको साइनो पर्ने जति सबै
चल्छ यहाँ नानाथरी
जता पनि लाग्न थाल्यो आफन्तै(आफन्तको बजार

त्यही देशको रमिते नागरिक हामी
जता पनि लाग्न थाल्यो
आफन्तै(आफन्तको बजार १

कविता आफन्तै

आफन्तको बजार

विश्वको सामु एक सुन्दर देश नेपाल हाम्रो छ।
हेर्दा नक्सा भूगोल यसको सानो, कृति प्राकृतिक राम्रो छ।
नेपालको संविधानले नेपाललाइ सात प्रदेशमा भाग गर्यो।
यही सात प्रदेश मध्ये हाम्रोतिर म बसेको एकमा पर्यो।

पूर्वी नेपालको हिमाल, पहाड, तराई समेतको भयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यसमा रह्यो ।
कञ्जनजङगा, चोयु, मकालु अग्लो शिखरहरु यतै टल्किने भयो ।
सुन्दर होचो उपत्यका अरुण, बरुण आदि राष्ट्रिय निकुञ्ज पनि ।
धेरै सुन्दर प्रकृति रमणीय सम्पदा यसैमा पर्छ नि।

एक नम्बर प्रदेशमा जिल्लाहरु जम्मा चौध देखियो ।
यिनै पर्दछन् चौध जिल्लाहरुका नाम यी हुने देखियो ।
झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी पनि ।
तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु अनि
ओखल्ढुंगा, खोटाङ, उदयपुर यिनै हुन चौध पुग्छ पनि ।

नेपालको कुल भूगोलको अठार प्रतिशत जम्मा ओगट्छ रे
नाप्ने क्षेत्रफल पच्चीस हजार नौ सय पाँच वर्ग कि।मि।मा पर्छ रे
जनसंख्या पनि यश प्रदेशमा भएको यसरी देखियो ।
जनगणना दुई हजार अठसठ्ठी, पैंतालीस लाख चौतिस हजार नौसय त्रिचालीस देखियो ।

लेप्चा, लिम्बू , राजवंशी,कोचे, मेचे, बाहुन क्षेत्री अनि।
राई ,शेर्पा ,दलित जनजाति यस्तै अन्य पनि
नेपालीको प्रदेश नम्बर एकमा बसोबास यस्तै छन्
ती सबैको आफ्नो( आफ्नो किसिमको संस्कृति ,संस्कार परम्परा छन् ।

महानगरपालिका एक , दुईवटा उप र छयालीस वटा नगरपालिका अनि
गाउँपालिका अठासी वटा जम्मा स्थानीय तह एक सय संैतिस छन् नि।
एक नम्बर प्रदेशमा निर्वाचन क्षेत्र प्र । नि। स। स। अट्ठाइस वटा पर्दछन् ।
प्रदेश नम्बर एकमा पहिलो निर्वाचित मुख्य मन्त्री सेरधन राई शासन गर्दछन् ।

एक नम्बर प्रदेशका मुख्य मानिने धार्मिक स्थलहरु
वराह क्षेत्र ,पाथीभरा ,हलेशी महादेव ,छिन्ताङ देवी मन्दिर अनि छन् अरु
मुख्य मानिने यी भए पनि अरु धेरै धार्मिक मठ मन्दिरहरु
छन् प्रशस्त ओझेलमा परेका गुफा मठ मन्दिरहरु

यस प्रदेशमा धान ,मकै ,गहुँ ,कोदो मुख्य खाद्य बालि पर्दछन्।
जुट,चिया ,उखु ,सुर्ती ,रुद्राक्ष ,अन्य फलफूल नगदे खेती गर्दछन्।
हिमाल ,पहाड ,तराई यसमा सबै पर्ने हुँदा ।
सबै किसिमको लाग्छ फलफूल मौसम सुहाउँदो हुँदा ।

उद्योग कारखानाहरु पनि यसमा धेरै किसिमका पर्दछ ।
यसैमा धेरै मानिस हरुले आफ्नो रोजगारी गर्दछौं ।
जुट मिल ,चिनी कारखाना सुती कपडा उद्योग चिया उद्योग पनि
यस प्रदेशमा जनसंख्याको आधारमा निकै छन् साक्षर पनि ।

छन् ठाउँ( ठाउँमा घना जङ्गल फाँट,मैदान ,झरना ,चौरहरु
नाच्ने छन् विभिन्न प्रजातिका जङ्गली पशु र पन्छीहरु
पाइन्छ अनि महत्त्वपूर्ण जडिबुटीका जङ्गलहरु पनि
छन् धेरै पर्यटकीय रमणीय कति ओझेल परेका यहाँ ।

सिमाना यसको पर्दछ चीन ,भारत ,प्रदेश दुई र तीन पनि
बिस्तारै विकासको पाइला चाल्दैछ यसले अनि ।
स्वास्थ ,शिक्षा ,पिउने पानी बिजुली संचार सडकका ताँती
छन् कति पछाडि परेका त्यसमा पुगोस् नजर उठेर स्वार्थभन्दा माथि ।

छन् बीच – बीचमा कसैको नजर नपुग्ने रमणीय स्थानहरु
सबैले मिलेर झगडा नगरी विकास यसको गरुँ ।
प्रदेश नम्बर एकको विषयमा लेख्ने कोसिस गरें।
सुझाव सल्लाह पाउने छु हजुरहरुको भन्ने अपेक्षा गरें।

कविता प्रदेश नम्बर एक

मिल्दैन आफ्नै देशमा रोजगारी
बल्न छोड्यो बिहान बेलुकी छाक
टार्ने चुल्हो ।
आवाज पस्न थाल्यो कानमा
साहुको नराम्रा शब्दहरु
चल्न छाड्यो गृहस्थ जीवन सहजै
अनि बाध्य भइ बन्न पुग्यो परदेशी

मन छैन मातृभूमि छोड्न
मन छैन पस्न बिरानो मुलुकतिर
मातापिता, परिवार, आफन्त, साथी
समाज, समुदाय, आफ्न‍ो जन्मभूमि
मन छैन चटक्कै छाड्न
तर बेरोजगारीले बनाइदियो बन्नै पर्ने परदेशी

ढुङ्गा जस्तो मन बनाएर दुखी बन्दै
बाध्यताको माला पहिरिएर बन्दै छ परदेशी
पाइला चाल्न थाल्छ
अनि देख्न थाल्छ रङ्गिन सपना
कयौं खुसीका सिंढी चड्ने
परिवारमा मुस्कान भर्ने
आर्जन गर्ने चाहे जति धन
पुरा गर्ने मनका रहर‘
यही सोच्दै बन्दै छ परदेशी

कसैको पूरा भयो सपना
कोही नक्कली कागजात र दलालको फन्दामा पर्न पुगे
कति बेपत्ता हुन पुगे
सफल हुनेहरुले ठुलै जोखिम र
कष्टका साथ कमाउने छ बल्ल
अनि देश चलाउन तिर्नुपर्ने राजश्व
बाँकी रहेकोमा चित्त बुझाएर
बस्नुपर्ने परदेशी

रङ्गिन सपना बोकेर परदेश पसेका
कति निर्दोष सहिद बने पराइ भूमिमा
कति कैदी भए पराइको जेलमा
कति यातनाको सिकार बने
कति फर्के स्वासबिहिन कैदी बनी बाकसमा

हे सरकार १ अब खोजी गरौं स्वदेशमा
रोजगारका बाटाहरु
बिदेशमा सबै किसिमका विकास
गर्ने ती परदेशीका हातहरुले
हाम्रो देश सुन्दर बन्छ
यही देश फूलाऔं यही देश निर्माण गरौं
आफ्नै देश बनाउँ नबनौँ परदेशी ११

कविता परदेशी

विश्वको सामु एक सुन्दर देश नेपाल हाम्रो छ।
हेर्दा नक्सा भूगोल यसको सानो, कृति प्राकृतिक राम्रो छ।
नेपालको संविधानले नेपाललाइ सात प्रदेशमा भाग गर्यो।
यही सात प्रदेश मध्ये हाम्रोतिर म बसेको एकमा पर्यो।

पूर्वी नेपालको हिमाल, पहाड, तराई समेतको भयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यसमा रह्यो ।
कञ्जनजङगा, चोयु, मकालु अग्लो शिखरहरु यतै टल्किने भयो ।
सुन्दर होचो उपत्यका अरुण, बरुण आदि राष्ट्रिय निकुञ्ज पनि ।
धेरै सुन्दर प्रकृति रमणीय सम्पदा यसैमा पर्छ नि।

एक नम्बर प्रदेशमा जिल्लाहरु जम्मा चौध देखियो ।
यिनै पर्दछन् चौध जिल्लाहरुका नाम यी हुने देखियो ।
झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी पनि ।
तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु अनि
ओखल्ढुंगा, खोटाङ, उदयपुर यिनै हुन चौध पुग्छ पनि ।

नेपालको कुल भूगोलको अठार प्रतिशत जम्मा ओगट्छ रे
नाप्ने क्षेत्रफल पच्चीस हजार नौ सय पाँच वर्ग कि।मि।मा पर्छ रे
जनसंख्या पनि यश प्रदेशमा भएको यसरी देखियो ।
जनगणना दुई हजार अठसठ्ठी, पैंतालीस लाख चौतिस हजार नौसय त्रिचालीस देखियो ।

लेप्चा, लिम्बू , राजवंशी,कोचे, मेचे, बाहुन क्षेत्री अनि।
राई ,शेर्पा ,दलित जनजाति यस्तै अन्य पनि
नेपालीको प्रदेश नम्बर एकमा बसोबास यस्तै छन्
ती सबैको आफ्नो( आफ्नो किसिमको संस्कृति ,संस्कार परम्परा छन् ।

महानगरपालिका एक , दुईवटा उप र छयालीस वटा नगरपालिका अनि
गाउँपालिका अठासी वटा जम्मा स्थानीय तह एक सय संैतिस छन् नि।
एक नम्बर प्रदेशमा निर्वाचन क्षेत्र प्र । नि। स। स। अट्ठाइस वटा पर्दछन् ।
प्रदेश नम्बर एकमा पहिलो निर्वाचित मुख्य मन्त्री सेरधन राई शासन गर्दछन् ।

एक नम्बर प्रदेशका मुख्य मानिने धार्मिक स्थलहरु
वराह क्षेत्र ,पाथीभरा ,हलेशी महादेव ,छिन्ताङ देवी मन्दिर अनि छन् अरु
मुख्य मानिने यी भए पनि अरु धेरै धार्मिक मठ मन्दिरहरु
छन् प्रशस्त ओझेलमा परेका गुफा मठ मन्दिरहरु

यस प्रदेशमा धान ,मकै ,गहुँ ,कोदो मुख्य खाद्य बालि पर्दछन्।
जुट,चिया ,उखु ,सुर्ती ,रुद्राक्ष ,अन्य फलफूल नगदे खेती गर्दछन्।
हिमाल ,पहाड ,तराई यसमा सबै पर्ने हुँदा ।
सबै किसिमको लाग्छ फलफूल मौसम सुहाउँदो हुँदा ।

उद्योग कारखानाहरु पनि यसमा धेरै किसिमका पर्दछ ।
यसैमा धेरै मानिस हरुले आफ्नो रोजगारी गर्दछौं ।
जुट मिल ,चिनी कारखाना सुती कपडा उद्योग चिया उद्योग पनि
यस प्रदेशमा जनसंख्याको आधारमा निकै छन् साक्षर पनि ।

छन् ठाउँ( ठाउँमा घना जङ्गल फाँट,मैदान ,झरना ,चौरहरु
नाच्ने छन् विभिन्न प्रजातिका जङ्गली पशु र पन्छीहरु
पाइन्छ अनि महत्त्वपूर्ण जडिबुटीका जङ्गलहरु पनि
छन् धेरै पर्यटकीय रमणीय कति ओझेल परेका यहाँ ।

सिमाना यसको पर्दछ चीन ,भारत ,प्रदेश दुई र तीन पनि
बिस्तारै विकासको पाइला चाल्दैछ यसले अनि ।
स्वास्थ ,शिक्षा ,पिउने पानी बिजुली संचार सडकका ताँती
छन् कति पछाडि परेका त्यसमा पुगोस् नजर उठेर स्वार्थभन्दा माथि ।

छन् बीच – बीचमा कसैको नजर नपुग्ने रमणीय स्थानहरु
सबैले मिलेर झगडा नगरी विकास यसको गरुँ ।
प्रदेश नम्बर एकको विषयमा लेख्ने कोसिस गरें।
सुझाव सल्लाह पाउने छु हजुरहरुको भन्ने अपेक्षा गरें।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार