६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

नेपालमा हालसम्म १०६ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु



काठमाडौं । नेपालको हवाई उड्ययन इतिहासमा शनिबार सोलुखुम्बुको सगरमाथा क्षेत्र लबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०६ पुगेको छ । वि. सं. २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ सोलुखुम्बुमा शनिबार भएको हेलिकप्टर दुर्घटना ३८ औं हो । नेपालमा विदेशी १० वटा वायुसेवासमेत गरी हालसम्म नेपालमा १ सय ६ वटा दुर्घटना भइसकेका छन् ।

हवाई दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ९१ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ९ सय २७ जनाको मृत्यु भइसकेको छ ।

शनिबार भएको मनाङ एयरको हेलिकोप्टर २४ वर्षयता भएको १६ औं हवाई दुर्घटना हो ।

शनिबार भएको हेलिकोप्टर दुर्घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : २६ बजे