माप्य खुम्बु मितेरी पुलको भोली उद्घाटन हुँदै

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई सडक यातायातले जोड्ने दुधकोशी ओर्लाङघाटको माप्य खुम्बु मितेरी मोटरेबल पुलको भोली (शनिबार) उद्घाटन हुने भएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सो मोटरेबल पुलको उद्घाटन हुने भएको हो । मोटरेबल पुल उद्घाटन समारोहको विशेष अतिथिका रुपमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो र भौतिका पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको उपस्थिति रहने बताइएको छ ।

त्यसैगरी सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई ‘सुरवीर’, नेकपा प्रदेश नं. १ का प्रमुख सचेतक तथा सोलुखुम्बु ‘ख’का सांसद बुद्धिकुमार राजभण्डारी, प्रदेश ‘क’का सांसद उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समिति प्रमुख वीरकुमार राई, गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाअध्यक्ष एवम् थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईलगायत अन्य जिल्लास्थित नेताहरुको उपस्थिति रहेने छ ।

दुधकोशीस्थित ओर्लाङघाटमा मोटरेबल पुल निर्माण भएसँगै सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटकहरुको लागि वैकल्पिक सडक मार्ग खुलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडकको ट्रयाक ओपन कार्य भैरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार